हाम्रो नेपाल झिलझिले सेवा केन्द्रको सदस्य शिक्षा कार्यक्रम
24 मार्च, 2022
Posted by admin
केरखा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. केरखा सेवा केन्द्रले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यहि चैत्र ५ गते संचालन भएको थियो । कमल गा.पा. ३ वडाध्यक्ष नरप्रसाद दंगालको प्रमुख आतिथ्यता तथा संस्थाका सल्लाहकार समिति संयोजक भगीरथ आलेको सभापतित्व रहेको कार्यक्रममा जिल्ला बचत संघ लेखा समिति सदस्य त्रिलोचन गौतम, कमलेश्वरी बहुदेश्यिय सहकारी संस्था लि. व्यवस्थापक रबिन्द्र चापागाई, कमल गा.पा. शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा केरखा सेवा केन्द्र प्रमुख मनिषा फागोले स्वागत मन्तब्य राख्नुभएको थियो । संचालक समिति सदस्य राजेन्द्र गौतम , त्रिलोचन गौतम, रबिन्द्र चापागाई, सुर्य न्यौपाने लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो । ज्योती पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा भवानी प्रसाद दंगालले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो । १६० भन्दा बढि सदस्यलाई संस्थाको गतिविधि, वित्तिय अवस्था, संस्थाले दिने सेवा सुविधा तथा भावि योजनाहरुको वारेमा जानकारी गराईएको थियो ।
Copyright© Sahakari 2023. All Rights Reserved.